नीर , जार र शाहाका
धेरै लामो पीडादायक
पिलोहरुको अवसान पछि .....!
छिमेकीले मेरो अंग - अंग
आफ्नो बनाउन लाग्दाको
हरंणमा...............
न त आशु बन्द गर्न सके !
न हासो ल्याऊन सके !
युर्द बिराम र शान्ति
समझौताहरुमा ......!
कोसी उर्लियो, तराई जल्यो !
पेट्रोल ले निभाउन खोजे
मुक्ति मोर्चा र वाद्हरूले ....s s s s s !
कुरो सुनेर , पेसर हाई भा'छ ।
सुगरको रोगी झै
कुनै कुरा न त निल्न हुन्छ
न त ओकलंन ....नै !
ब्राह बर्षे कालरात्रि पछिको -आन्दोलन
त्यस्ताको आलो र ताततातो मनहरुमा....!
सडकमा टायरका धुवाहरू सगै
हड़ताल , विरोध र तोडफोडको
नाटक चलिरहेछ .....!
धेरै गर्छु भन्ने, पाटी र नेताहरु
अंशवंन्डा गर्दैछन - पद र सप्ताको ।
चोक्टा र झोलको युर्दहरु लडिरहेछन ......!
सप्ता परिवर्तन मात्र हैन
सामजिक संरचना र सस्कार अनि
दृष्ट्रिकोणहरुमा सुधर चाहिएको छ ।
लादेन आफुलाई
अरु बाट स्वतन्त्र र शान्ति चाहन्छ ,
वुश -सद्दामलाई फासीबाट हराउन चाहन्छ ।
सबै शान्तिका लागी भिड्छन.........!
अन्त्य र विनासको खेलमा.............!
यो सब
उडूस मारेर सक्न खोज्ने
खेतिहरू हुन ............!
प्रतेक पाटेशनमा ब्याडसेक्टर छ
- त्यसैले कुनै पनी अपरेटिंग सिस्टम
इंस्टल र अपग्रेट गर्न सकीनं ।
शरीर भरी इन्फेक्शन छ ।
औषधिका लागी
यहाँ , कोही किन? केही - वोल्दैनन र गर्दैन्न......!
यत्रो जात्राहरुमा , यस्तो नौटंकिहरुमा
किन प्रतिक्रया विहीन...........???
किनकी ,
यहा सब
भोज खान रमाउछन
कसैको मृर्त्युको ............!!!
त्यसैले मौनता चाहन्छन !
आफ्नो शहरभरी ............
आफ्नो देशभरी ............
छाडा साढ़ेहरु
घोड़ा चडीरहेछन........चेलिहरू माथी
त्यैपनि सब मौन छन ........???? ( किन बोल्नु र सुन्नु )
किनकी , यहाका सबै
मुर्दाका जन्तीहरू न परे !!!
Followers
ABOUT ME
Search This Blog
Comments
3-comments
LATEST
3-latest-65px
बडा रमाइलो लाग्यो तपाईँको कविता !!
ReplyDeleteअलि ठाउँ ठाउँमा हरफ छुट्याउनुभएको भए पढ्न झन् रमाईलो हुन्थ्यो ।
यस्तै मिठा कविता लेख्दै गर्नुस् है !!
तपाईँका कविता पढ्नलाई मैले तपाईँलाई आफ्नो ब्लगरोल मा राखिसकेँ ।
हैन साथी बडो गजबको कविता लेख्नुहुँदो र'छ त। लेख्दै जानुस है त।
ReplyDeleteसशक्त भाव बोकेको कविता छ पुलामीजी! टाइपिङ्गको अशुद्धिले बेला-बेला कविताको स्वादलाई खल्लो नबनाएको भने हैन।
ReplyDelete