"वर्तमानमा मेरो देश ..."


गोधुली साँझ देखि कुरी वसे
मिर्मिरे उशालाई हेर्नु भनेर ,
जीवनको अध्ययन गरिरहे
स्वयं आफुलाई बुझ्नु भनेर ,तर
गोधुली साँझ त आयो
मिर्मिरे उषा आएन
जीवनको अध्ययन त भयो
स्वयं आफु नै रहिएन ।


अपशोच !
यस कुरामा हैन -अपशोच ! त
गोधुली साँझ काटी मिर्मिरे उशा नहुनुमा नै भयो ।
हो -मेरो देशमा पनी त्यस्तै अवस्था रह्यो

जहा,
जनताको गास र श्वासको आश नै रहेन
गास र वाँसको त कुरा छाडौं
यहाँ उच्चता नै रहेन -
उच्च हिमाल सगरमाथाको देश भए पनी ।

वुद्रत्वको देशमा शान्तिको छाया नै रहेन
रहेन आदर्शता सीताको देशमा ।
मेटिएन अस्तित्वो -शोषक र अत्याचारीको
भीमसेन र लखन थापाको देशमा ।

गन्धर्ब बा र तुलसिमेहरको देशमा
भेटिएन नेपालीपन र भेष ।
मेटीयो अस्तित्वो मानवताको
जय पृर्थ्वी बहादुरको देशमा ।

पाउन गाह्रो भयो -परिचय : अरनिको ,
अरनिकैं देशमा -
हाल यहाँ - यस्तै यस्तै छ......

गरीव मजदूर तथा अशिक्षितहरू लडिरहे
उठ्ने अवसरवादी र कुर्सी ताक्ने भए ।
सप्ता र पदको लोभमा
आफ्नो स्वतन्त्रता र
सार्वभौम तथा समानताका
उद्देश प्राप्ति पनी फ्याक्ने भए ।

जसले दुखायो मन ,
रुवायो जनता -मच्चायो आतंक
उही ठूलो बन्यो एक मात्र ।

विधाताले किन भूल गर्यो -
वडा परिवारमा जन्मने नै
वडा हुने , कुन नीति जन्मायो ।

पकाउने एउटा पस्कने अर्को
घिच्ने हाडिघोप्टे वनायो ।
यो पनी त -कुसस्कार थियो
किन ? यसैलाई नचायो !

-अहिले मेरो देशमा पनी
यही सस्कार नाचिरहेछ
अप्सरा झै प्रजाहरू मख
साच्चै हो की भनी !

पीडित र दू :खी -विधार्थी, दलित
जनजाति तथा पिडितका नाममा -
मखुण्डो ओड़ने र कुर्सिमा वस्नेहरूले
आफ्नो स्वार्थी पूर्ति गरिरहेका छन ।

राष्ट्रियता उडिरहेछ
आत्मा गौरवको आसन विर्सिएर
क्षितिज पारी गई शान्ति लुकेको छ,
क्रान्तिको नाममा भ्रान्ति भएकोले ।

डाडावारि र सागर पारीका
गिद्र र चितुवाले पासो थाप्न थालेका छन , कतै
नेपालित्व खान पाउछु की भनेर !

-यस्तै यस्तै अवस्थामा पिल्सिएको छ ।
वर्तमानमा मेरो देश ।

2 comments:

  1. समसामयीक भावना को तितो यथार्थ ।

    देशको बिग्रदो अबस्थाको चित्रण, तर राम्रो कविता!

    ReplyDelete
  2. ठरकी दादा -ji lai dhanyabad. desh nai bigrado 6 ta k garnu tystai kura haru matra phur6n t .

    ani kabita bhanda pni tyslaai bhujhidine man raamro rahe6.

    ReplyDelete