कविता


मैले सोचे कविता
त्यसैले कविता भो ।
मैले लेखे कविता
त्यसैले कविता भो ।

मेरा लेखाईलाई
कविता सम्झे कविता भो ॥
मेरो शब्दलाई -
कविता देखे कविता भो ॥

मैले हाँसे कविता भो
मैले वोले कविता भो
मैले रोए कविता भो
मैले लेख्न खोजे-

कविता कविता भो ।

त्यसैले,
हार नै पिच्छे -कविता भो ।
जित नै पिच्छे -कविता भो ।
फेरी -म वौलाई हीडे -कविता भो ।

पहिला,
कविता लेख्नै आएन
त्यसैले कोरे अक्षर
बटुले शब्द
फेरी त्यो -कविता भो ।

अहिले मैले -
पढ़े कविता कविता भो ।
लेखे कविता कविता भो ।
कविता हेरे, बुझे अनि

यहाँ ,
तपाईलाई -
लेखे ,देखाए र सुनाए कविता,
त्यसैले त ! पुन : फेरी -त्यो कविता भो ।

5 comments:

  1. तर यो चैँ कविता भएन है वेदनाथ दाइ !! झारा टार्ने मेलो मात्रै भयो ।

    ReplyDelete
  2. उजेली जी तपाईको निस्वार्थ कमेन्ट को लागी धेरै धेरै धन्यवाद !
    मेरो यो एउटा भावना हो -त्यसलाई तपाई ले जे जसरी लिनु हुन्छ त्यो तपाइहरुको जिम्मा म छाडदछु ।

    म कुनै पनी भावना कुनै नियम र शिदान्त मा रहेर कोर्न चाहन्न -किन भने हामी हाम्रो जीवन फ्रीडोम साथ त चाहेर पनी जिउन सक्दैनौं भने आफ्नो भावना त कमसे कम फ्री रहेर लेख्न सकौन? त्यसैले मैले कहिले पनी छन्द कविता लाई प्रसय दीइन। स्कूले जीवन मा मैले केही छन्द कविता लेखेको थिए तर पछि मैले 'मधुपर्क' जब रेगुलर स्टडी गर्न थाले मलाई छन्द ले भन्दा छन्दबिहिन ले प्रभाब पार्यो र सरल अनि गजब पनी ।
    त्यसैको उपज हो -यो कविता पनी ।

    ReplyDelete
  3. निर्दोष र सरल ढंगले आफ्ना भावनाहरु पोख्नुभएको रहेछ। राम्रो लाग्यो यो कविता।

    ReplyDelete
  4. आँखा खोली संसारलाई देख्न छाड्नु हुन्न ।
    भावनालाई जसरी नि लेख्न छाड्नु हुन्न ।

    ReplyDelete
  5. बेदनाथजी मैले भन्नुपर्दा चैं कविता साह्रै राम्रो भएर पुछारमा खल्लो भयो है । यहि कुरा कुनै निक्कै नाम चलेकओ कविले लेख्नु हो भने पढ्ने ले पनि वाह ! वाह ! भनेर पढ्छ अर्थ लगाउनेले त झन अर्थ लाग्नुपर्ने भन्दा अझ धेरै लगाउछ तर हामीले सुरुसुरुमा लेख्दा त्यती नै गहन कुरा पनि हलुका देखिन्छ । सुरु देखि पाँचौं अनुच्छेद सम्म ज्यादै मन पर्यो । साह्रै सरल भएर गहन अर्थ लागेको छ तर त्यसपछि भने अलि परिश्रम गरेर निखार ल्याउन खोजेको भए हुनेथियो जस्तो लाग्यो । त्यसो त जसरी आयो त्यसरी नै स्वतन्त्र रहेर लेखेको हुँ त भनिसक्नुभएको छ तर सँधै जसरी आयो त्यसरी लेख्दा कविता बन्छ भन्ने हुँदैन र कविता भनिसकेपछि कविता जस्तो सुरु गरेर कविता जस्तै अन्त्य गर्न पनि कोसिस गरे अझ राम्रो भन्छु म त ।

    ReplyDelete