"सबाल हो त -मेरो आँखाको"


सारा संसार रंगिएको
देख्न चाहने यी मेरा आँखा
किन यथार्थतामा फीकापन मात्र भेट्दैछ -आज ।
=============
सारा जीवन सजिएको
हेर्न खोज्ने यी मेरा आँखा
किन रहरहरु महत्वकांक्षासँगै तुइदैछ -आज ।
=================
सारा वार्तमानहरु एउटा स्वतन्त्र चिन्तनसँगै
प्रगतिमा डुवेको हेर्ने यी मेरा -आँखा
किन ? फगतमा भविष्य मरिरहेछ -आज ।
=====
सारा संसार रंगिएको
सारा जीवन सजिएको
सारा वर्तमान सप्रिएको
हेर्न चाहने ,देख्न चाहने यी मेरा -आँखा
किन ? आज ति मेरा आँखा
फुटाउदैछन, फोर्दैछन ?
त्यसैले,
म सवाल उठाउछु त -मेरो आँखाको !
###################

3 comments:

  1. सायद सवाल आँखाको होईन होला, सवाल परिस्थितिको होला वा सवाल तपाई मेरो वा हाम्रो आँखाको नभई अन्य कुनै तेस्रोको होला जो:

    सारा संसार रंगाउन,
    सारा जीवन सजाउन र
    सारा वर्तमानको प्रगतिको लागि जिम्मेबार छन ।
    रोचक कविता।

    ReplyDelete
  2. 'सायद सवाल आँखाको होईन होला, सवाल परिस्थितिको होला वा सवाल तपाई मेरो वा हाम्रो आँखाको नभई अन्य कुनै तेस्रोको होला'

    यस्तै कुरा आएको थियो मनमा तर दिलीप दाइले लेखिसक्नु भएछ । दाइसँग कुरा मिल्यो मेरो ।

    ReplyDelete
  3. सायदै सवाल आँखाको होइन नै - तर मैले यसलाई प्रतीकात्मक शब्दको रुपमा प्रयोग गरेको हु । मेरो आँखा अर्थात देशले हेर्ने वा मनिशले हेर्ने उसको जीवन प्रतिको एउटा दिष्ट्री - त्यो हो देशको राजनैतिक र शिक्षा क्षेत्र नै हो,जसले -सारा संसार रंगाउने, सारा जीवन सजाउने र सारा वर्तमानलाई प्रगतिमा लैजाने भनेकै - यिनिहरू नै हुन तर अहिलेका देशका जनहरुले त्यसैलाई बिगार्दैछन र भत्काउदैछन (कहिले नेपाल का जनता सचेत हुने हुन )त्यसैले म सवाल उठाउछु त मेरो देशको बिग्रदो शैक्षिक अवस्थाको र अस्थिर राजनैतिक परिस्थितिको । जसले देशको सबै क्षेत्रको विकशमा महत्वोपूर्ण भूमिका खेलेको हुन्छ । मैले त्यति मात्र भन्न खोजेको हु -त्यसको लागी मेरो तरीका पुगो पुगेन त्यसको मूल्यांकन गर्ने जिम्मा तपाईको हो । धन्यवाद !

    अनि धन्यवाद छदिलीप र उजेली जी लाई आफ्नो प्रतिक्रया को लागी ।

    ReplyDelete