कलम - जब मैले समाउने कोसिस गरे
अनि पुस्तका पाना पल्टाउने प्रयत्न गरे
हो त्यो बेला , एउटा तरंग फैलियो
मेरो मानस पटलमा -
उत्साह, चाहना र रहरको ।
मसिहरू ठेलिहरुमा पोख्दा खेरी
बदलन खोज्दा आफुलाई
ज्वारभाट झै निस्किए -
प्रश्नहरु, सामना र नकलको ।
-
समाज - परिवर्तन र प्रगतिको रफ्तार
स्वायतत्ता - मुक्ति र स्वाबलम्बन खोज्दा
हाक आए , धेरै आधिहुरिसरी -
हिम्मत, साहस र अवसरको ।
-
तर म चाहान्न मेरै मात्र
उद्देश्य , सद्दिच्छा र आकांक्षा पूरा हुन,
किन भने यहाँ थाहा छ मलाई -
म जस्ता हजारौका रहरहरु पूरा हुन बाकी छन !
वरु तिनीहरुको सपना साकार होस
जो सँग -
आट, तत्परता र लगन छ ।
जो सँग माया छ -आमाको ।
-
अनि जो आफैलाई विश्वास गर्न सक्छ
जसले सुरुवात गर्दछ चाल्न - आफ्नो पहिलो कदमको ।
'अनि जो आफैलाई विश्वास गर्न सक्छ
ReplyDeleteजसले सुरुवात गर्दछ चाल्न - आफ्नो पहिलो कदमको ।'
यो हरफ एकदमै मनपर्यो । बाराक ओबामाको नारा जस्तै जस्तै रै'छ । वेदनाथ दाइले अलि प्रस्तुतिमा चैँ मिलाउनु पर्यो । अलि अस्वभाविक खालका हरफहरू हुन्छन् वेदनाथ दाइका कवितामा । भाव पक्ष भने बेजोड नै हुन्छ । अलि पद्य पद्य पारेर लेख्ने हो कि दाइ ??
बेदनाथजी यो कविता मनपर्यो मलाई पनि । उजेलीले भनेझैं अलि चट्ट पार्ने कोसिस गरे अझै राम्रो हुंदै जाने कुरामा म नि जोड दिन्छु है ।
ReplyDeleteधन्यबाद बेदनाथजी निकै उज्यालो भावको कविता राख्नुभएकोमा!
ReplyDeleteभाषा-शैलीमा अलि ध्यान बढाउनुपर्ने भन्ने उजेलीजी र दीपकजीको कुरासंग म पनि सहमत छु।
huna ta ma aafai kabita katha lekhna jandina tara kabita chai ramro laagyo ..
ReplyDeleteबेदनाथजिको कलममको निब पनि निकै उचाइमा पुग्न लागेछ। प्रस्तुतिको लागि धन्यबाद
ReplyDeleteनमिलेका कुरा त साथिहरुले भनिसक्नु भएको छ । तपाइको यो भावनाको यात्राले निरन्तरता पाओस। मेरो शुभकामना............
प्रतिक्रया र सुझाब को लागी सबैलाई मुरी मुरी धन्यबाद ! भन्दछु र म तपाईहरु प्रति आभारी पनी छू ।
ReplyDeleteर मेरो रोजाइको लेखाइ र रहर लाग्ने सरल अनि सजिलो चाहि गध्य नै लाग्छ तर सही सुझाब भने नकार्न म सक्दिन त्यसैले पद्य -पनी लिखने कोसिस गर्ने छू ।