आज मेरो देशमा - एकताको खाचो छ


यहाँ हाम्रो कसैले
वुद्रत्व खोस्न खोज्दै'छ
झुट्टो प्रचारबाजी गरेर
जसले केही समय पहिले
कञ्चनजंघा पनी मेरो हो भने'थ्यो
त्यती मात्र हैन
यो प्रश्न पनी पस्केथ्यो
नेपाली ठ्याक्कै हामी जस्तै
त्यसैले नेपाल पनी हाम्रै हो , हैन?
धेरै नेता, धेरै कलाकारहरुलाई
धेरै चोटी भुक्न लगाएर
धेरै जिस्काई रहेछ - हामीलाई !
हाम्रै सार्वाभौमिकतामा
हाम्रै दिशाहिनतामा
हाम्रै अन्योलातामा
हाम्रै दू:खेसोमा
हाम्रै कम्जोरिबाट
फाइदा उठाउन , प्रभुत्व जमाउन
ती धट्वारे धूर्त छिमेकिहरू
हामीलाई
-चिलको चल्ला ,गिद्रको सिनो
ब्वासोको आहार सम्झेर
निरीह ठानेर , यहाँ
-सिंग हुने सपना बुन्दै
बिशाक्त चारो फालिरहेछन
त्यसैले अब हामीले
आफ्नो पहिचानको लागी
अस्तित्वको लागी
आफ्नै ज्ञानको ज्योती
हामी सबैमा भर्नु परेको'छ
साहित्यमा
- देवकोटाको शब्द
समको शैली
लैनसिंह वाग्देलको मौलिकता
गंधर्व बाजेको भाका
नातिकाजिको भाषा
सहिदको आवाज
-ती सबैको मर्म बुझ्न
अनि रेटिरहोस सधै
त्यो सारंगी ,
त्यही सब्द, शैली
त्यही भाषा,त्यही भाकामा
त्यही स्वर निकाल्नको लागी
यस्तै पाना पेजहरुमा
आफ्नै मौलिक्ताका लागी
हामी सबैले- सधै
धेरै धेरै आवाज उठाउन
धेरै पाइलाहरु अघि चाल्नु'छ
प्रतिकारमा -बिरोधस्वरुप
यस्तै हात चलाई रहनु'छ
यस्तै कलम चलाई रहनु'छ
अनि एक भै - ढुङगो हुनु छ ।
==========================

"Chandni Chowk to China" भन्ने हिन्दी फिलिम मा हाम्रा महान विभूति इंडिया मा जन्मेको भन्ने आभाष स्वरुप प्रस्तुति गरेको पहिलो जानकारी मैले दौतरी र आकार पोस्ट बाट थाहा पाए तर भिडियो भन्ने मैले प्रीतम जी को nepalkorea.blogspot.com
बाट हेर्ने पहिलो सौभाग्य मिल्यो - सबैमा धन्यबाद ! र त्यसको प्रतिक्रया स्वरुप मैले यस्तो कोर्न पुगे है -त्यो हो माथिको भावना !
हैन उनीहरूले के सोचेका छन -ह ! हामीहरुलाई ???
सबै नेपालीहरु एक हौ !

7 comments:

  1. निकै गहन र महत्वपूर्ण कुरा उठाउनुभयो बेदनाथजी! अहिले हामीलाई चाहिएको सबैभन्दा आवश्यक चीजनै एकता हो। यहि एकताकै अभावमा भारत र भारतीयले यस्ता दाऊ भेटेका हुन्। हाम्रो आफनो ब्यक्तिगत, सामूहिक र राज्यको तर्फबाट ब्यापक प्रचारयुद्धको आवश्यकता छ।

    यस्तो महत्वपूर्ण सवाललाई उठाउनुभएकोमा धन्यबाद!

    ReplyDelete
  2. ईतिहास धमिल्याउने यो प्रयाश पहिले पनि नभएको होईन ।

    म भने यो कुरामा हाम्रै गतिछाडा नेताहरुको पनि कमजोरी देख्‍छु ।

    तपाई हामि साधारण मानिसलाई यत्ती टाउको दु्‍ख्दा हाम्रा संस्कृति मन्त्रालय वा सरकार सम्हालेर बसेकाले यौटा सानो बिरोध बक्तव्य समेत निकाल्न सक्दैनन् के गर्ने? ।

    ReplyDelete
  3. बसन्त जी र दिलीप जीहरु प्रति म निकै नै आभार ब्यक्त गर्दछू ।
    र तपाईहरु ले उठाउनु भएको सबालहरू पनी एक दम सही लागे - "ब्यापक प्रचारयुद्धको आवश्यकता " र "हाम्रै गतिछाडा नेताहरुको कमजोरी" । साथै एस प्रसंग लाइ लिएर देश मा कुनै पनी हिंसा र दंगा चाहि नभडकिओस भन्ने कामना गर्दछु । बरु उक्त फिलिम प्रति मान हानिको अभियोग लगाएर त्यस दृश्य नै पो हटाउन लगाए उचित हुने थियो की?
    सबै आ- आफ्ना धुन मा लागेको बेला र सरकार टिकाउन गाह्रो परेको बेला कसरी बिरोध को बक्तव्य निकालन सक्थ्यो - जुम्सो सरकारले ।

    ReplyDelete
  4. गहिरिने हो भने कुरो निकै संवेदनशील छ बेदनाथ जी। अनि त्यही संवेदनशील कुरालाई कविताको स्वरुपमा शब्दमा गुथ्नुभएको छ। तर खै मलाई त यसबारेमा कतैबाट केही होला भन्ने खालको केही चालचूलै देख्दिन। सबैजना अ-आफ्नै सूरमा छौ। खै अरुलाई के पो भन्नु र? अब यो फिल्म हेरेका केही साथीहरुको कस्तो प्रतिक्रिया हुन्छ भन्ने बुझ्न मन छ मलाई।

    ReplyDelete
  5. धन्यवाद बेदनाथ जी, यो कुरा चाय सोच्नु पर्ने हो.
    नेपलिहर्रू को पहिचान माथि ठुलो धक्का दिएको छ.
    Yo chai sarai naramailo kura ho.
    So, kehi sathi haru le warner bros ko company ma mail garnu bhayeko cha...considering this fact.
    So what do you think about this?

    link
    http://www.warnerbros.com/main/help/customer_service.html
    I know it's not worth now, but atleast we can make Warner bros aware of this.
    thanks

    ReplyDelete
  6. धन्यवाद पुलामीजी, मेरै मनको कुरो लेखिदिनुभएकोमा!
    तर दुइ-चारवटा टपर्टुइंयाले हल्लाउन खोज्दैमा सगरमाथा जस्तै अटल हाम्रो अस्तिस्व हल्लँदैन । यस्ता कुराको निहुंमा हामी आँफै लड्न थाल्यौं भने फेरि "भाइ फुटे गँवार लुटे" हुन के बेर ?

    ReplyDelete
  7. विषयलाई गंभिरता पूर्वक लिएर कविता लेख्नुभएछ । राम्रो र खुशी लाग्यो । तपाईंको कविताले बोलेझैं एकताको खाँचो सँधै छ ।

    ReplyDelete