मातिएको मान्छे


मान्छे
मान्छेहरुको आयु हैन
मान्छेहरुको मूल्य घटिरहेको बेला
मान्छे
मान्छेहरु - मान्छेहरुको भिडहरुमा हराएको बेला
घटनाहरु घट्दैछ हैन
तमासाहरू बढीरहेछ ।


अब त, एस्तो लागिरहेछ -
मान्छेहरु किराहरु हुन
ठुलो गुड,चाकामा झुम्मिरहेका छन !
कुनै भिडहरुमा हेर
कुनै विरोधाहरुमा हेर
तमासा र भेलाहरुमा हेर
कुनै पनी देशको
कुनै पनी शहरमा हेर
गिद्रहरूले सीनो सिद्धध्याए जस्तो !
मान्छेहरु दिनहु आफैलाई सिद्धध्याइ रहेछन ।
उडुस रहेछन -मान्छेहरु !
एक पल्ट त, खतम भए जस्तो
तर कहिल्यै नसकिने
हुलका हुल -पीढी नै पीछे ।
नाङगिदैछ आज मान्छेहरु
केको सरम , के को लाज ?
हिजो आदमको समयमा
आदमीहरु सर्वाङग नै त थिए नि !
थाहा छ - तपाईलाई नि !
तपाई आफै नै मान्नु हुन्छ
जीवन एक चक्र हो
जहा दू:ख -सुख घुमिरहन्छ ।
हो त्यही -हो
विकाशक्रम संगै
प्राचीन हुदै उतर आधुनिक अनि आधुनिकाल आयो

अब फेरी लाग्दैछन मान्छेहरु
-आदि काल तिरै । हैन र ?
मलाई लाग्छ -
मान्छेहरु पढेर वौलाउदैछन
गफ गर्न पुस्तका ठेलिहरू समाए
र रबाफको सतिफिकेट लिए ।
सबै जान्ने , सबै बुझ्ने
बढ्दो बौदिक्ताको जमात
मिलेर बस्न नसक्ने -कस्ता जाती मान्छेहरु !

हिंसा र झूटमा गौरव ठान्ने-भाति मान्छेहरु !
कति लडे मान्छेहरु
मान्छेहरु कै लागी -अन्त्य गर्न मान्छेको
कुन ठाउमा , कुन समयमा गर्जेनन र !
इराक-प्यालेस्टाइन,
सेरालिओन- हाइटी
काहा के कम रह-यो र !
सब भोकाएर -सलबलाएका किराहरू हुन
कोत पर्व ,जेष्ठ १९ का रातहरुमा जस्तै
सर्वहारा बर्गको पसिनामा खेलेर
बजेट ,नदी नाला ,
देश नै खान सक्ने- पातिएको मान्छे !
मान्छे
मान्छे खाएर मातिएको -मान्छे ।

9 comments:

  1. हो भन्या बेदनाथजी , मलाई पनि उदेक लाग्छ मान्छे देखेर मानौं कि म त मान्छे नै होईन , ' एकातिर मान्छे खाएर मात्तिएको मान्छे अर्कोतिर खानै नपाएर च्यात्तिएको मान्छे । ' मान्छेले मात्तिएको मान्छेलाई तह लगाउन नसक्दै र च्यात्तिएको मान्छेलाई सिलाउन नभ्याउँदै मान्छेले खाईखेली गर्ने धर्ती अरु कसैले हामीले कल्पनै गर्न नसकेको दुनियाँबाट आएर अधिपत्य जमाउन अथवा नष्टै भएर जान लागिसक्यो । जे होस् कवितामा अलि मितब्ययिता अपनाउनु होस भनेँ है यो पाली चैं ।

    ReplyDelete
  2. भावना राम्रो छ बेदनाथजी! कविता पनि सललल बगेकै छ धेरैजसो ठाऊँमा तर चाहिनेभन्दा लामो छ जस्तो लाग्छ मलाई। मानवविकासको प्रसंगलाई यत्तिकै विस्तारमा राख्ने हो भने तपाईँले यो कवितालाई निबन्धमा ढाले हुन्छ, राम्रो भावपूर्ण निबन्ध बन्छ।

    ReplyDelete
  3. मात्तीएको त पक्कै हो, तर मान्छे खाएपछि त्यो खाने चाहीँ 'मान्छे' हुन्छ र ?।

    मान्छे खाएर मात्तीएको 'दानव' वा 'दैत्य' सहि होला हैन र?

    ReplyDelete
  4. मिठो मान्छे मान्छे बिचको भावना बेदनाथ जी । अझै प्रगतिको कामना ।

    ReplyDelete
  5. धेरै राम्रो अनि मार्मिक कविता वेदनाथ दाइ !!!!!!

    ReplyDelete
  6. 'बडो प्रतिभाशाली मान्छे' हगि बेदनाथजी?
    अनि मात्तिएको मात्रै हैन
    मान्छे खाएर शानसँग डकार्ने पनि मान्छे।

    ReplyDelete
  7. सर्वहारा बर्गको पसिनामा खेलेर
    बजेट ,नदी नाला ,
    देश नै खान सक्ने- पातिएको मान्छे !
    मान्छे
    मान्छे खाएर मातिएको -मान्छे ।
    कति मीठो कति राम्रो कबीता आनन्द आयो धेरै बर्षा पछी कबिता पडेर

    ReplyDelete
  8. sarai ramro poem rahecha....keep it up and keep going.
    have fun

    ReplyDelete
  9. कमेन्ट गरीदिनु हुने (दीपक जडित, Basanta Gautam,Dilip Acharya , सिकारु, उजेली ,कैलाश ,अशोक र Pritam ji ) सबै प्रति म कृतज्ञ छू ।

    सल्लाह र सुझाब को लागी धन्यवाद ! पनी ।

    अशोक जी लाइ हृदय देखिनै मेरो संसार मा स्वागत छ भन्दछु ।

    ReplyDelete