न त रोकिन्छ आवाज , देशका निम्ति बोल्दिदा वोली
न त सिद्दिन्छ रगत शरिरको , स्वतन्त्रतामा चढ्दा वली ।
=======================
गर्वले फुल्नु छ सुगन्धित भइ, आमाको सन्तान हु भनी
कहिल्यै झुक्न नदिऔँ शिर बाबाको, कारण आफ्नै वनी ।
=======================
कहिल्यै झुक्न नदिऔँ शिर बाबाको, कारण आफ्नै वनी ।
=======================
पौरखी पाखुरा, वीर छातिले छेक्ने'छ सबै शत्रुको गोली
परिवर्तन र एकताको लागी जुट्न नभनौ भोली ॥
=======================
परिवर्तन र एकताको लागी जुट्न नभनौ भोली ॥
=======================
भाड भैलो, अहम त्यागिदिए, हाम्रो लागी हुने'थ्यो हित
बनाउन जुटे नया नेपाल , हुने थियो हामी सबको जित ॥
'परिवर्तन र एकताको लागी जुट्न नभनौ भोली ॥'
ReplyDeleteयो भावना मात्रै हामी सबै नेपालीमा जाग्ने हो भने हाम्रो देश , हाम्रो अहिले जति छ त्यो भन्दा सय गुणा धेरै सुन्दर बन्ने थियो । मन पर्यो बेदनाथजी तपाईंको कविता ।
कविताको मुख्य भाव रम्रो छ, तर सर्रर पढ्दै जाँदा कता कता ठेस लागे जस्तो वा शब्द संयोजन अलि नमिले जस्तो लाग्यो है मलाई त। 'यो' लाईन वा 'यो' शब्द मिलेन भन्न पनि सकिरहेको छैन तर कता के नमिलेको के नमिलेको जस्तो लाग्यो ।
ReplyDeleteबेदनाथ जी अति राम्रो देशप्रेमको भावनामा झल्केको कबिता । साच्चै हजुरले लेखेको कबितामा जस्तै सबैको मनोभावनामा यस्तै जागृत हुने भए हामि यसरि अरुको गुलामि बन्न पर्ने थिएन होला । धन्यबाद कबिताको लागि ।
ReplyDeleteबडो जागरुक भाव चाख्न पाइयो वेदनाथजी । यही
ReplyDeleteभावनाको अभावमा मुलुकले अद्यापि दुर्गति झेलिरहेछ । यसरी टुक्रे हरफ भन्दा सिसिलेवार रचना नै राम्रो हुनेथ्यो कि ?
गज्जबका भाव पोख्नुभयो बेदनाथजी! हामी सबै नेपालीमा यस्तै भाव पलाओस्!
ReplyDelete"गर्वले फुल्नु छ सुगन्धित भइ, आमाको सन्तान हु भनी" भन्ने वाक्य मलाई मनपर्यो | बांकी भाग मैले बुझिन |
ReplyDelete