परिस्थिति


हिजोको
बिहानी थियो एउटा !
अर्को
आजको सुन्दर लाली छ !
तर
मानवीय संघारमा
अल्झे जस्तो


परिस्थिति नै अर्कै छ !
अन्योलातामा मडारिएको ,
भुमरी अनि वर्षातमा
कुर्लेको खहरे जस्तो
तुशारो र हिमपातका -झरिले
रुझाए पछिको अवस्था !
त्यही अवस्था रहेको छ -
मेरो भावना , मन र देश को !
हो
यहाको परिस्थिति
नै यस्तै छ -
कोही पेट पाल्नका
निम्ति लड्छन त !
कोही
देश बाल्न !
धेरै लड्छन यहाँ
आफ्नै अस्तित्वाका निम्ति !
त्यसैले यहाँ
पुरै परिस्थिति नै
लडिरहेछ !
समृद्रहरु लड़दैछन
उत्पादित क्षेत्र प्राप्तिका निम्ति
लुलो , दुब्लो मरिरहेछन
आफ्नै
जातियताको निम्ति !
कोही चाहि
बहानाको सञ्चार
गराउदैछन रे !
विश्व समाजमा
आफ्नो उच्च प्रभुत्व
कायम गराउनको निम्ति ।
धेरै ले भन्दैछन -
विकाश र परिवार्तानका नाममा
आफ्नो सांप्रदायिक
सस्कार नै
अरुलाई पनी
लादनु पर्छ रे !
तर
पीड़ित र दरिद्रहरू
गाँस र आबासका लागी
संघर्ष संगै लडिरहेछन ।
ब्यथासँगै मरिरहेछन ।
अनि
म चाहि
पल्टिरहेछु बेडमा !
मगज खेलाउदै
औलाहरु कीबोर्ड को
तालमा नचाउदै
यस्तै परिस्थितिको बारेमा लेख्न ।
यस्तै परिस्थितिको बारेमा बक्न ।
के गर्नु ?
जो कोही पनी
केही न केहीका निम्ति
लडिरहनु पर्दो रहेछ !
यानी
प्रयासरहत रहनु पर्दो रहेछ !
केही गरी जिउनका निम्ति !
किनकी
यहाको परिस्थिति नै त्यस्तै छ ।

8 comments:

  1. यहाको परिस्थिति
    नै यस्तै छ -
    कोही पेट पाल्नका
    निम्ति लड्छन त !
    कोही
    देश बाल्न !


    अचम्मको कुरा के छ भने देश बाल्नेहरुनै ईज्जतदार भएर बसेकाछन । पेट पाल्नका निम्ति संघर्ष गर्नेको नाम बेचेर मोज गर्ने पनि तिनै छन ।

    ReplyDelete
  2. सुनिन्छ
    बेदनाथजीका औलाहरु
    किबोर्डमा नाची रचेका छन अरे
    अनि हाम्रा औला पनि के कम
    माउसलाई तल माथि सार्दै
    उहाका कलामा रमीरहेका छन
    त्यसो त
    अरु गर्ने अनि नगर्नेका औलाहरुले के के गरे
    र हिजो, आज र भोलीमा
    नाफा, घाटा र नोक्सानी के कति भो
    ति सब समयले तय गर्ला
    तर यती पक्का छ -
    यो दुनियामा हाम्रा यी हाम्रा औला नि छन
    गर्नेले यही बिषयमा
    टायर बाल्लान, बन्द गर्लान वा काटमार मच्चाउलान
    हामीले
    यो सब केही नगरेर पनि केही गरेका छौं

    ReplyDelete
  3. बेदनाथ जी तपाइको भावना चित्तबुझ्यो मलाई पनि । राम्रो छ अझै प्रगतिको कामना ।

    दिलिपजी र मिलन जी को कुरामा पनि सहमति जनाउदै परिस्थितिको कमारो बन्नु मानव चोला रहेछ् हैन र?

    ReplyDelete
  4. तुशारो र हिमपातका -झरिले
    रुझाए पछिको अवस्था !
    त्यही अवस्था रहेको छ -
    मेरो भावना , मन र देश को !
    you got that deep feeling......
    Cong................
    Shiva Prakash

    ReplyDelete
  5. तुशारो र हिमपातका -झरिले
    रुझाए पछिको अवस्था !
    त्यही अवस्था रहेको छ -
    मेरो भावना , मन र देश को ......
    YOU GOT THAT DEEP FEELING
    Shiva prakash

    ReplyDelete
  6. कमेन्ट को लागी सबै मित्रहरुलाई (Dilip Acharya, मिलन, सिकारु , Shiva Prakash, ) साधुबाद !

    अनि दिलीप जी लाइ यथार्थ जानकारीको लागी मुरी मुरी धन्यबाद ! हो मत छक परेको .... २ /३ दिन भएको थियो ब्लग नहेरेको केही नचलाइ कसरी यस्तो भयो जस्तो लाग्यो ? ...... अलिक काममा ब्यस्त भएकोले ..अपलोड पनी गरेको छैन ।

    तर तपाइहरुले माया गरिरहनु भैदिएको छ ...त्यसैमा खुसी छू ।

    ReplyDelete
  7. After looking over a number of the blog posts on your
    website, I truly appreciate your way of writing a blog.
    I saved it to my bookmark site list and will be checking back
    in the near future. Take a look at my website too and let me know your opinion.



    My blog: how to get more instagram followers instantly

    ReplyDelete
  8. Its like you read my mind! You appear to know a lot about this,
    like you wrote the book in it or something. I think that you can do
    with some pics to drive the message home a bit, but instead of that, this is wonderful blog.
    A great read. I will definitely be back.

    my page :: bathroom in northern virginia

    ReplyDelete