लघु कथा [ कविता ]


(1)
*** ~ ***
एकोहोरो
फोनको रिङ्ग बजिरह्यो ...
मध्य रातमा
म ब्युझिए ।

फोन रिसिभ गरे
उताबाट
नमस्ते, हेल्लो, गुडमर्निङ्ग नभनि कन

'ओइ छुपारुस्तम,
फाइनली थाहा भयो
फेसबुको टाइमलाइन बाट
लौ बधाई छ ।'

फेरी
यसो मोबाइल हेरे
धेरै साथिको फोन
मेसेज आएको रहेछ ।
घुसघुसे के हो पारा भनेर ।

मैले केही बुझिन
हतपत फेसबुक हेरे
~feelings Love with ...
मेरो माया, मेरो जिन्दगी, मिस यु 👩‍❤️‍💋‍👩

भनेर भुन्टीले
ट्याग गरेर
सार्वजनिक गरेकी रैछिन
फेसबुक बजारमा ।

अचम्म लाग्यो
झन धेरै त
खुसी पनि लाग्यो ।

भन्छन
प्रेम र विवाहमा
मान्छेहरु
मेन्टली डिसअडर हुन्छन
त्यो त थाहा भएन
तर
यो ट्याग देखेर
मेरो निन्द्रा भने डिसिपिएर  भयो ।

भुन्टीलाइ देखे देखि
भुन्टीसँग चिनजान भए देखि
मुस्किलले
औला भाचेर गन्न सकिने गरिका
कुरा भएका छन
बात भएका छन
जस्तो;
हिजो कलेज लागेको थियो ?
तिमीले नोट बुक तयार पारी सकेऊ ?
आज नेप्टी किन ट्युशन आइन ?

उस्ले कहिलेकाही
म तिर फर्केर हाँस्दा

एउटा आँखा हैन
(त्यसो गर्ने त हिम्मत नै थिएन नी )
दुबै आँखा चिम्मा पारेर
मेरा बा'का जस्ता देखिने
गाला चाउरी पर्ने गरी
मुसुक गरेर खुसुक्क
मुस्कुराउनु देखि बाहेक

माया फुल्ने
ग्रिन सिङ्गनलहरुका
कथा उप कथा
केही थिएन ~ हाम्रो ।।

भेटेर, फोन या म्यासेज
गरेर नभनेर
किन आज एक्कासी
यसो गरिन
भुन्टीले ?? भनेर
सोच्दा सोच्दै
बिहान भै सकेछ ।

उठ्न लागेको थिए

बिहान बिहानै
भुन्टीको कल आयो
यो देखेर मेरो खुसि
झन डब्बल भयो ।।

भुन्टीले त्यही कुरा
फोनमा भन्दा
म कसरी के भनौ
जबाफ के दिऊ
एक्छिन टक्क
कल आएको हेरिरहे
रिङ्ग सुनी रहे
अनि
हतपत फोन रिसिभ गरे.. !

हेल्लो भन्न पनि नपाउदै

"सरि सरि
हेरन
कस्ले मेरो फेसबुकको
पासवर्ड चेन्ज गरेर
धेरैलाइ मेसेज गरेछ
के के लेखेर पोस्ट गरेछ
प्लिज मैले होइन,
सिरियसली नलेऊ
त्यो आइडीलाई ब्लग गर ल
बुझन प्लिज ..."

विना फुल स्टप
काहीँ नरोक्किकन
एकै लाइनमा
आफ्नो कुरा सक्काइन ।।

म अक्कन बक्क भए
'ए ! ए' भनेर फोन राखे

अनि
एक्कासी
मेरा
खुसी माइनस
अवस्था माइनस
साथी माइनस
म माइनस भए ।
बस सब
माइनस / साइलेन्स ।।

भुन्टीको काण्ड
भुन्टीको कुरा सब बुझे
तर
आफैलाई के भयो थाहा भएन !!
.................
(2)
*** ~ ***
केही बर्ष अघि
बले'ले,
घर छेउका
छिमेकी देखि लिएर
टाढा टाढाका
चिनेका नचिनेका
फेसबुकमा
फोटामा राम्रा देखिने
प्राय: सबै
केटी साथिहरुलाइ

"तिमी धेरै राम्रो छौ
आइ लभ यु, विल यु लभ मी???"

लेखेर लभ साइन सहित
मेसेज पठाए छ ।

धेरैले गाली गरेछन
केहीले ब्लक गरेछन
प्रायले रेस्पोन्ज नै नगरे पछि ।

आफ्नो नामको
अघि या पछी
के के जोड्दै
नयाँ आइडि बनायो
तपाइहरुलाइ झै
मलाई नी फ्रेण्ड रेक्युस्ट पठायो

आफ्नो पहिले स्टाटस लेख्यो

"मेरो पहिलेको आइडी
ह्याक भएकोले
मेरो यो नयाँ आइडीमा
जोडिनु होला,
अनि
पहिलाको आइडीबाट
जेपाए त्यही मेसेज
आएको भए
सबै सँग माफी चाहान्छु ।
त्यसलाइ
वास्ता नगर्दिनु होला ।
धन्यवाद ।।"😎😎

यसै क्रम उपक्रममा
छैटौ पटक
उसको फ्रेण्ड रेक्युस्ट
एसेप्ट गरेको
केही महिना पछि पनि
सातौ पटक
फेरी उसको
फ्रेण्ड रेक्युस्ट आयो

मैले कुनै रेस्पोन्ज नै दिन
मतलब
मैले पनि उसको
फ्रेण्ड रेक्युस्ट एसेप्ट गरिन ।

त्यसको
केही समय पछि
उसले फोन गरेर
मेसेज गरेरै भन्यो
ठुलो भैइस है
रेक्युस्ट पनि एसेप्ट गर्दैनस... !!!

मेरो
पहिलाको पासवर्ड बिर्सिए,
आइडी ह्याक भयो
के के ..भन्दै थियो
मैले सुने नसुने झै
उसको मेसेज नै हेरिन

उ अझै पनि मेरो
फ्रेण्ड रेक्युस्ट को
पेण्डिङ्ग लिस्ट मै बसेको छ ।

यार
कसैले त
बलेलाइ
सम्झाइदेऊ न हौ
यो हजुर'बाको समय होइन
हरेक बर्ष
छोरारोरी जन्माएझै
सोसलमिडियाका आइडीहरु
हरेक महिना जन्माएर
सन्तानले डाँडाकाडा ढाके
जमिन्दार भैएला
भन्ने पुरातनवादी सोच झै
यसरी
साथि/आफन्तहरुलाइ
हैरान पार्ने  नगर ।

बले
सोसल मिडियामा
एउटै आइडी
काफी हुन्छ भन्ने बनाउन
परिवारनियोजनका उपाएहरु
अपनाउने गर
😎😎😎 !!!



फोटो :गुगल 

No comments:

Post a Comment