बाघलाइ बाघ नमान्ने तपाईं को ?


तपाइहरु

टोले गुण्डाभ्रटचारीहरुलाइ 

राज नेता मान्न तयार,

६०७० बर्ष कटेकालाइ

युवा नेता मान्दा मान्न तयार 


पटकका पटक ढाटे पनी 

नेता परिवर्तन गर्न नसक्ने 

भोट परिवर्तन गर्न नसक्ने 

पाटी परिवर्तन गर्न नसक्ने

 पनि तिनैलाइ 

आफ्नो पाटी 

आफ्नै नेता मान्न सक्ने 


अनि किन

जस्तो सुकै बनावट होस 

बाघको आकृती लाइ 

बाघ नमान्ने तपाईं को ??? 


ठेकेदारइन्जिनियर  नगरले 

बाघ बाघै हो भनेर 

पास गरिसके पछी 


त्यही नेता  ठेकेदारले

कमिशनको चक्कर चलायो भनेर

कुर्लने तपाइ जाबो को ??


बिरामी हस्पिटल लादा,

घरजग्गा,सामान बेचिदिदा,

ठेक्का लगाउदा

कसैलाइ विदेश पठाइदिदा

सानिको विहे गर्दा होस या

नानि जन्माउदा होस

कमिशन माग्ने 

तपाईंको बानी नै हो नि हैन ?

लाश जलाउदा पनि

आश गर्ने कमिशनको ~ तपाईं 


नेताठेकेदार  इन्जीनियरले

देशैं बिगारेर तहस नहस बनाइ रहेको बेला 

बाघको आकृती बिगार्नु कुन ठुलो कुरा हो  ...!!


 सरकार ठोकरै भन्न सक्छु

तपाइले मान्नुस या नमान्नुस 

तपाइले नमानेर केही हुदैन 

बिरोध गरेर भुत्रो पनि केही हुदैन 

कार्बाही ~ बनाउनेपास गर्ने

कमिशन खाने कसैलाइ हुदै हुदैन 



पाटीको कार्यकर्ता होइनौं भने 

टोले नाइके होइनौं भने 

झोले पनि होइनौं भने 

कमिशन लिन  दिन सक्ने होइनौं भने 

कार्बाही हुन्छ  ~ तपाईं प्रश्न गर्ने लाइ !


No comments:

Post a Comment

Note नोट [ कविता ]
Note नोट [ कविता ]
​जिन्दगीको बालापन Note बनाउन मै वित्यो ।यो जवानी पनि Note बनाउन मै वितीरहेछ ।।दुवै उमेरमा सहज रहेन'छ ।चाहे त्यो स्कुल, कलेजमा होसया गृहस्थी जिवनमा ।।स्कृलमा सरले Note बनाउनु भन्दा कपिमा लेख्नु मात्रै नभएरNote बनाउनु भनेकोउमेरमा पैसा बनाउनु पनि हो भनेर'था भएको भए अल्छी गरिदैन थ्यो की ...!!लाग्छ,सरले बुझाउन उबेलामा नसक्नु भएको रहेछ ।लाग्छ,मैले बुझ्न उबेलामा&
किन कुलत छाड्दैनन् -  मानिसहरु ??
किन कुलत छाड्दैनन् - मानिसहरु ??
 यहाँपैसा नभएका कारण घर छाड्नेगाँउ छाड्नेदेश छाडेरविदेश जानेगर्दै गरेको व्यवसाय छाड्नेपढाइ छाड्नेमान्छेहरु धेरै भेटेतरपैसा नभएकै कारणरक्सी छाड्नेगाँजा छाड्नेगुड्का छाड्नेखैनी छाड्नेभोला छाड्ने तास खेल्न छाड्नेमान्छेहरु अह! धरो धर्मआज सम्म मैले भेटेकै छैन यार ।।😄😄