बाघलाइ बाघ नमान्ने तपाईं को ?


​

तपाइहरु

टोले गुण्डा, भ्रटचारीहरुलाइ 

राज नेता मान्न तयार,

६०, ७० बर्ष कटेकालाइ

युवा नेता मान्दा मान्न तयार 


पटकका पटक ढाटे पनी 

नेता परिवर्तन गर्न नसक्ने 

भोट परिवर्तन गर्न नसक्ने 

पाटी परिवर्तन गर्न नसक्ने

र पनि तिनैलाइ 

आफ्नो पाटी 

आफ्नै नेता मान्न सक्ने 


अनि किन

जस्तो सुकै बनावट होस 

बाघको आकृती लाइ 

बाघ नमान्ने तपाईं को ??? 


ठेकेदार, इन्जिनियर र नगरले 

बाघ बाघै हो भनेर 

पास गरिसके पछी ।


त्यही नेता र ठेकेदारले

कमिशनको चक्कर चलायो भनेर

कुर्लने तपाइ जाबो को ??


बिरामी हस्पिटल लादा,

घर, जग्गा,सामान बेचिदिदा,

ठेक्का लगाउदा, 

कसैलाइ विदेश पठाइदिदा

सानिको विहे गर्दा होस या

नानि जन्माउदा होस

कमिशन माग्ने 

तपाईंको बानी नै हो नि हैन र?

लाश जलाउदा पनि

आश गर्ने कमिशनको ~ तपाईं 


नेता, ठेकेदार र इन्जीनियरले

देशैं बिगारेर तहस नहस बनाइ रहेको बेला 

बाघको आकृती बिगार्नु कुन ठुलो कुरा हो र ...!!


म सरकार ठोकरै भन्न सक्छु

तपाइले मान्नुस या नमान्नुस 

तपाइले नमानेर केही हुदैन ।

बिरोध गरेर भुत्रो पनि केही हुदैन 

कार्बाही ~ बनाउने, पास गर्ने

कमिशन खाने कसैलाइ हुदै हुदैन ।



पाटीको कार्यकर्ता होइनौं भने 

टोले नाइके होइनौं भने 

झोले पनि होइनौं भने 

कमिशन लिन र दिन सक्ने होइनौं भने 

कार्बाही हुन्छ त ~ तपाईं प्रश्न गर्ने लाइ !


No comments:

Post a Comment