Brazil Vs Argentina को ग्याम हेर्दा


Brazil र Argentina को मैत्रीपूर्ण खेल 17 November 2010 का दिन कतारको दोहामा भएको थियो ! त्यहि समय लाइ सदुपयोग गर्दै उक्त खेलहेर्न हामी कतारको नेशनल स्टेडिएमको रुपमा रहेको Khalifa International Stadium पुगेका थियौ ! आज त्यही खिचिएको केहि झलकहरु पोस्ट गर्ने जमर्को गरेको छु !
CIMG0279
CIMG0332
हेर्दै भब्य र निकै आधुनिक देखिने यो Khalifa International Stadium सन् 1976 मा स्थापना भएको हो तर अहिलेको रुपमा चाही 2005 मा मात्र तयार गरिएको थियो ! जसको सिट क्षमता 50,000 रहेको छ ! जहाँ 2006 मा Asian Games सम्पन्न भएको थियो ! 2009 को December मा 2009 ISF World School Games पनि भएको थियो ! अब 7 January 2011 देखि  AFC Asian  Cup  हुन् गइ रहेको छ ! यो सब कतारको 2022 मा WORLD CUP खेलाउने तयारी हो ! यानी BIDDING NATION QATAR 2022 पुरा गर्नु रहेको छ ! हुन् त यो टार्गेट पहिलाउन कतार सँग निकै बाधाहरु रहेको छ, जस्तो : धार्मिक कटरता, मौसमी बाताबरण, भौतिक पूर्वाधारको कमी इत्यादि रहेको छ ! आर्थिक डिष्ट्रीकोणले त सबलै रहेको छ !
त्यसो त Brazil ले पनि 2014 मा गराउन लागेको World Cup को लागी निकै तयारी गर्नु छ ! यो उसको पुर्ब तयारी खेल हो किनकी उसलाई उक्त World Cup Game सफल बनाउन सबै तिरबाट सहयोगको आबश्यकता रहेको छ !
CIMG0281

हेर्नुस त फोटो खिच्ने रहर पनि कस्तो ? मनपर्ने खेलाडीको टाउकामा आफ्नो टाउको मिलाउने अनि -खिच्ने फोटो ! (हाहाहा ....)
CIMG0300CIMG0312CIMG0346CIMG0378CIMG0380DSCF0762
पर बाट हेर्दा यस्तो देखिन्थ्यो -Khalifa International Stadium !
DSCF0760
BIDDING NATION QATAR 2022 को हस्ताक्षर संकलन अभियानमा हस्ताक्षर गर्दै – म !
DSCF0765
यस्तो विश्व बिजेता टिमहरु र त्यो पनि भखरै World Cup मा ख्याती कमाएका खेलाडीहरु लाइ प्रत्यक्ष खेल मैदानमा देख्दा खुसीले दंग पर्दै -म साथीहरु सँग ! यसलाई मैले मेरो एक एतिहासिक दिन सम्झे ! फेरी यस्तो दिन पनि आउला र ?
DSCF0795DSCF0807DSCF0804
Argentina को Messi ले विजयी गोल गरे पछी ‘गोल' भन्दै उफ्रिदै गर्दाको फोटो !
DSCF0810
खेलमा Brazil को तर्फ बाट Victor, Daniel Alves, Thiago Silva, David Luiz, Andre Santos; Lucas, Ramires, Elias, Ronaldinho Gaucho; Neymar, Robinho को सहभागिता थियो भने Argentina बाट Romero; Zanetti, Pareja, Burdisso, Heinze; Banega, Mascherano, Pastore; Messi, Higuaín, Di Maria आदि ले भाग लिएका थिए ! खेल निकै उल्लासमय भएको थियो ! दर्शकहरुको कोलाहाल र रमाइलो निकै नै थियो ! खेल अबधि भर रेफ्रीले कसैलाई पनि कुनै पनि काड देखाउनु परेन ! बराबरी दबाबमा चलेको खेलको अन्तिममा अतिरिक्त दुइ  मिनेटको समयमा Argentina का Messi ले एक गोल गरेर Argentina विजयी बनाएका थिए ! जुन गोल निकै सानदार र प्रसंसनीय रहेको थियो ! यस खेलको प्रमुख अतिथि भने फ्रान्सका जिने दिन जिदान रहेका थिए - उनि स्टेजमा आउदा दर्शकहरुले भव्य तालीको साथ स्वागत गरेका थिए !
……….
केहि भिडियो झलकहरु :
ग्याम शुरु हुनु पुर्व स्टेडिएम बाहिर देखाइएको केहि भिडियोहरु, जसलाई मैले मेरो क्यामेरामा कैद गरेर राखेको थिए !


Enhanced by Zemanta

7 comments:

  1. यसरी प्रत्यक्ष रुपमा मैदान मै गएर हेर्नु ऐतिहासिक संस्मरण नै हुन्छ। अझ मेस्सी, रोनाल्डिनो जस्ता खेलाडिहरुको खेल हेर्नको मज्जा नै बेग्लै । मैले पनि टेलिभिजन बाट प्रत्यक्ष प्रसारण हेरेको थिएँ। खेल सोचे जति रोचक चाहिँ भएको हैन। खेल अवधि भर ब्राजिल हावी भएतापनि कुशल गोलकर्ताको अभावमा गोलरहित रहनुपर्यो। यता मेस्सिले आफ्नो जादुयी कुशलता अन्तिम मिनेटमा प्रस्तुत गरेर अर्जेन्टिनालाइ जीत दिलाए। अझ रमाइलो त विश्व विजेता स्पेन र पोर्चुगल बीचको भएको थियो जहाँ पोर्चुगल ले ४-० को अन्तरले विजय हासिल गर्यो। हिजोका खेलले प्रथम ९ विश्व वरियता क्रममा भने कुनै फेरबदल भएन। ब्राजिल तेस्रो स्थानमा छ भने अर्जेन्टीना पाँचौ स्थानमा छ र स्पेन पहिलो स्थान मा नै रहेको छ। हाम्रो नेपाल चाहिँ १६३ औँ मा नै छ।
    यसरी प्रत्यक्ष हेर्ने अवसरको लागी बधाई छ तथा तस्विर र अनुभव बाँड्नु भएकोमा धन्यवाद ।

    ReplyDelete
  2. यस्तो खेलाडिहरु भएको ठाउँमा गएर खेल हेर्नुको मज्जा नै भिन्दै हुन्छ । तपाईका तस्वीरहरु हेर्दा खुब मनोरञ्जन गर्नुभएको जस्तो देखिन्छ । :-)

    ReplyDelete
  3. फोटो र भिडियो हेर्दा रमाइलो लाग्यो !!

    ReplyDelete
  4. like us on facebook and get 50 mobile recharge card for more information here: www.nbsansar.blogspot.com

    ReplyDelete
  5. आफ्नो हेराई संगै हामिलाई पनि मनोरञ्जन दिनुभयो तस्विर र लेखाइबाट । मैदानमा रमाउनुको मज्जै छुट्टै है बेद जी।

    ReplyDelete
  6. आफ्ना मन पर्ने खेलाडीको खेल प्रत्यक्ष हेर्न पाउनुको मज्जा साच्चै रमाइलै हुदो हो । भिडियो र तस्विर हामिलाई पनि बाड्नु भएकोमा धन्यवाद उमेश जि लाई ।

    ReplyDelete
  7. रमाइलो पल बाँड्नुभयो वेदनाथ जी । विरलै पाइने अवसर हो यस्तो । अन्तरराष्ट्रिय खेलाडीलाई प्रत्यक्ष देख्नु एतिहासिक पल हो । साथमा यी खेल आयोजना गर्नुको पछाडि लुकेको कतारको सपनाबारे पनि जानकारी गराउनुभयो ।
    धन्यवाद !

    ReplyDelete