डल्लै डुलिए'छ गाँठे [ दार्जेलिङ्ग यात्राको सम्झना ]


ठ्याक्कै आज भन्दा आठ बर्ष अघि सन २०१५ मार्च १५ मा हामी ४ भाइ मिलेर २/३ दिने दार्जेलिंङ्ग यात्रामा एक्कासी ओम को योजनामा हिदिएको थियो ! उ बेलामा यत्र सस्मरण लेखेर यहि ब्लगमा पोस्ट गरौला भन्ने पनि नलागेको होइन तर के मेसो मिलेन के ?? त्यतिकै भएको थिए र पछी पुरानो पोस्ट , बासी कुरा के पोस्ट गरि राख्नु भनेर यतिका बर्ष त्यस्तै भै रहेको थियो ! आज फेसबुकले सम्झायो र यता पोस्ट गर्ने जमर्को गरेको छु ! सोच्दै'छु अबका केहि पोस्टहरु यस्तै बिगतमा लेख्न र संग्रह गर्न छुटेका यात्राका कुरा भारु पुरानै भए पनि पोस्ट गरौकी भन्ने सोच बनाएको छु ! हेरौ HDD ड्राइभ चेक गर्न थाल्नु पर्ला !


[ दार्जेलिङ्ग छुक छुके रेल कुद्ने ठाउँ ]

डल्लै डुलिए'छ गाँठे 🙂 Kanyam, Fikkal, Ilam Bazar,  Pashupatinagar, Darjeeling Himalayan Railway , Tiger Hill, Darjeeling, Padmaja Naidu Himalayan Zoological Park , Batasia Loop , Rock Garden, Darjeeling, Mirik,  Kurseong, Rohni, & Siliguri, .... चौरास्ताको सन्ध्याकालिन समयमा गफिएर समय विताउदा लाग्यो नेपालमा भन्दा बढी अजिर भएर बाँचेको रहेछ नेपाली सस्कृति रिवाज, अनि नेपालीपन दार्जिलिङ्गमा ! त्यस्तै नेपाली  Rap Battle का हस्तीहरु पनि उत्तिकै फेमस रहेछन् त्यहाँ Yama Buddha, Unik Poet, Laure ... प्याजको भाउ बढ्यो भने सम्झनु देश गरिब हुदैछ भन्नेहरु भन्छन केहि अघि सम्म हाम्रो देश नेपाल पनि छ जस्तो लाग्थ्यो तर अब त्यो पनि रहेन  🙁 लाग्यो नेपालको चिन्ता हाम्लाई भन्दा बढी उनीहरु लाइ छ ! नेपाली हरेक चिज चल्छ नचल्ने त पैसो मात्र रहेछ, त्यहाँ 🙂  !

Darjeeling लाइ पर बाट हेर्दा 




[ टाइगर हिल बाट देखिएको सुर्योदयको दृश्य ]



[ Batasia Loop को छेउ छाउको बगैचामा फोटो खिच्दै ]



पशुपति नगर देखि पुर्व नेपाल भारतको बोडर एरियामा 'Simana Bazar सिमाना बजार' र Simana BView Point मा यसरी फोटो खिचिएको थियो ... सबै भन्दा दामी देखिन्थ्यो यहाको बाताबरण र दृश्यजरु ... मन मोहक नै थियो ..हल्का चिसो ..र सिरेटो चलेको अवस्था थियो ...





[ बायाँ बाट ओम बोगटी, म ,पोखराको इन्द्र कार्की दाइ र उम राज बास्तोला सर ]


[ चौरास्ताको बिचमा शालिक भएर बचेको नेपाली पहिचान सँग फोटो खिच्दै ]



[ Batasia Loop को अघि  फोटो खिच्दै आफु पनि जीवनमा यसरी नै ठडी रहने निश्चय गर्दै ]


[ Rock Garden को रक मैले बोकी दिएको ले मात्रै यसरी अडिएको हो नत्र ....] 


[ चियाको पर्खाइमा पशुपति नगर तिर, उबेलामै साथीहरुले पोखरा डुल्ने निम्ता दिनु भएको थियो तर अहिले सम्म आएर उहाहरु पोखरामा पनि चिया यसरी नै पिउने भनेर पर्खी राख्नु भएको छ भन्ने सुन्दै'छु ... सोच्दै'छु त्यो निम्ता कहिले पुरा गर्न पाइएला ...भनेर  ]


[Padmaja Naidu Himalayan Zoological Park भित्र राख्न नमिल्ने म ओमको फोटो खिच्ने स्टाइलको साथ ]

दार्जेलिङ्ग यात्राको सम्झनामा एउटा मिठो थेगो बोकेर ल्याइएछ 'डल्लै डुलिए'छ गाँठे' यानी टन्नै, धेरै, अति, हदै भन्नु पर्दा दार्जेलिङ्गेहरु 'डल्लै' भन्दा रहेछन ...जस्तो हामी टन्नै भने जस्तो !  

No comments:

Post a Comment